Welcome to DSO

अपाङ्ग सेवा संघ डोटी अपाङ्गताको क्षेत्रमा काम गर्ने एक जिल्ला स्थित मुनाफा रहित संस्था हो । यसको स्थापना वि.सं. २०६२।११।२ गते भएको हो । यसले आफ्नो स्थापना काल देखि नै अपाङ्गता भएका ब्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको छ । आफ्नो उद्देश्य पूर्ति गर्न अपाङ्ग सेवा संघले विभिन्न सरकारी राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था तथा सरोकारवालाहरुसँगको सहकार्यमा डोटी जिल्लामा विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

अधिकारमा आधारित संस्था भएका कारण यस संस्थाले अपाङ्गता भएका ब्यक्तिहरुको क्षेत्रमा विशेष वकालत  गर्दै आएको छ । कार्यक्रमहरुलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि यस संस्थाले आफ्नो विषयगत कार्यक्षेत्रलाई सवालगत रुपमा विभाजन गरेको छ । विषयगत कार्यक्षेत्रहरुमा १) स्वास्थ्य) ३) जिविकोपार्जन) सशक्तिकरण र ४) सामाजिक विकास रहेका छन् ।