Blog Post

अपाङ्ग सेवा संघ, डोटीद्वारा स्वास्थ्य सामाग्री सहयोग

अपाङ्ग सेवा संघ, डोटीद्वारा स्वास्थ्य सामाग्री सहयोग

अपाङ्ग सेवा संघ, डोटीले जोरायल गाउँपालिकालाई आठ लाख ६२ हजार ९९ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । यू.एम.एन. डोटी क्लष्टरको साझेदारीमा उक्त गाउँपालिकामा सञ्चालित “समुदायमा आधारित पुर्नस्थापना” परियोजना अन्तर्गत उक्त सामग्री वितरण गरिएको हो ।
अहिले काभिड–१९ को महामारीले देशलाई र नेपाली जनतालाई आर्थिक, भौतिक, सामाजिक र स्वास्थ्य अवस्थामा निकै ठुलो असर पारिरहेको छ र यस डोटी जिल्लामा पनि कोभिड संक्रमितको संख्यामा वृद्धि भैरहेको विषम परिस्थितिमा यस महामारीसँग जुध्न र रोकथाम गर्न फ्रन्टलाइनमा सेवा गर्ने नेपाल सरकारका कार्यरत स्वास्थ्य कर्मचारीहरुको सहायता र सुरक्षाको लागि उक्त स्वास्थ्य सामग्री वितरण वितरण गरिएको हो ।
वितरण गरिएका सामग्रीहरुमा एन्टिजेन टेष्ट किट २००, सर्जिकल मास्क ४५००, सेनिटाइजर(५लिटर) २५ जार, फेस सिल्ड २००, सेनिटाइजर(१००मिलि) १०० थान, इन्फ्रारेड थर्मोमिटर १० थान, पल्स अक्सिमिटर १० थान, पिपिइ २५ सेट, KN 95 मास्क ५०० पिस, स्ट्रेचर १० थान, हस्पिटल बेड १० थान, अक्सिजन कन्सेन्ट्रेटर २ थान र नेबुलाईजर ५ थान रहेका छन् । सामाग्रीहरु अपाङ्ग सेवा संघ, डोटीका अध्यक्ष महादेव भारतीले जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझालाई हस्तान्तरण गर्नुभएको हो ।
यसैगरि अपाङ्ग सेवा संघ, डोटीले यूएमएनकै साझेदारीमा डोटी अस्पताललाई यही जेठ १७ गते रु. एक लाख १५ हजार बराबरको अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ ।

By dso

Disabled Service Organization, Doti is a nonprofit organization, lead by persons with disabilities and works with persons with disabilities.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts