Blog Post

प्राथमिक पुर्नस्थापना थेरापी सम्बन्धी तालिम सम्पन्न

प्राथमिक पुर्नस्थापना थेरापी सम्बन्धी तालिम सम्पन्न

जनवरी १६ देखि १८, २०२१ मा जोरायल गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडामा अपाङ्ग सेवा संघ डोटी र यूनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरको साझेदारी सहयोगमा सञ्चालित समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत प्राथमिक पुर्नस्थापना थेरापी सम्बन्धी तालिम सम्पन्न भयो । अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिक पुर्नस्थापना थेरापी सेन्टरमा प्रेशण गर्ने उद्देश्यका साथ उक्त वडाहरूका स्वाथ्यकर्मी, आमा समुहका अगुवा र महिला स्वाथ्य स्वयम सेविकाका लागि तालिम सञ्चालन गरिएको थियो ।
तालिममा अपाङ्गता भएका ब्यक्तिहरुका सवाल, उपचार, पहिचान, अधिकार, अवस्था र सफलताका अभ्यास, अपाङ्गता पहिचान विषयमा परामर्श सेवाका विषयमा जानकारी गराइएको थियो । हाम्रो समुदायमा भएका अपाङ्गताको किसिम र वास्तविक अवस्थाबारे सहभागिहरुको अनुभव र नेपालका विभिन्न क्षेत्र तथा जिल्लाहरुमा अपाङ्गता भएका ब्यक्तिहरुको अवस्था बारे जानकारी गराइएको थियो । कार्यक्रमका सहजकर्ता प्रेम देवकोटाले समुदायमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको अवस्था बारे स्थानिय अनुभबलाई पनि उदाहरण बनाई के कसरी हामीहरुले सहयोग पुर्याउन सक्छौं सो बारे विभिन्न फोटो चित्र प्रस्तुत गरी सहजिकरण गर्नु भएको थियो ।

By dso

Disabled Service Organization, Doti is a nonprofit organization, lead by persons with disabilities and works with persons with disabilities.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts